सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल प्रहरीमा जागिर खुल्यो, तीन हजार बढी दरखास्त माग

। फोटो स्रोत ।
२०७६ भदौ ६, ०४:४९ खबर संवाददाता

नेपाल प्रहरीले विभिन्न पदका लागि तीन हजार ८ सय ३१ जनाको दरखास्त माग गरेको छ। ६ भदौमा प्रकाशित सूचना अनुशार प्रहरी जवानमा तीन हजार ५ सय ९६ जना र प्रहरी कार्यालय सहयोगी तथा खेलाडीतर्फ २ सय ३५ जनाका लागि दरखास्त आव्हान गरिएको छ।

कुल दरबन्दीमध्ये प्रहरी जवान (जनपद) तर्फ तीन हजार पाँच सय ९६, प्रहरी कार्यालय सहयोगी (भान्छे) एक सय ८०, प्रहरी कार्यालय सहयोगी (हजाम) १०, प्रहरी कार्यालय सहयोगी (कुचिकार) २०, प्रहरी कार्यालय सहयोगी (खेलाडी) २५ सिट रहेको छ।

दरखास्त फारम भाद्र ९ गते देखि असोज १३ गते सम्म दरखास्त दिन सकिने नेपाल प्रहरीले जनाएको छ।

सुचना हेर्न यसमा क्लिक गर्नुहोस् :-

कमेन्ट लोड गर्नुस