सुदूर नेपाललाई विश्वसँग जोड्दै

सत्तामा जानु अघि जनतासँग गरेको प्रतिबद्धता भुल्दै गए प्राप्त उपलब्धि गुम्न सक्छ : प्रचण्ड

२०७६ भदौ ६, ०३:२९ खबर संवाददाता

सत्तारुढदल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सत्तामा जानु अघि जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सँदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औँल्याएका हुन्।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उहाँले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए। पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली बिर्सन नहुने बताए।

दुई पार्टी मिलेर बनेको ठूलो पार्टी्भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टि असन्तुष्टि जनाउंदै विगतमा जनताका समस्या बोध गर्ने, अनुशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहीन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गरे।

सत्तामा पुगेपछि जनतासँग गरेका प्रतिबद्धताहरु बिर्सँदै जाने प्रवृत्ति विश्वभरका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृत्ति नेपालमा दोहोरिन नदिनतर्फ सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमूल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधैँ सचेत र सजग हुनुपर्ने आवश्यकता औँल्याए।
 

कमेन्ट लोड गर्नुस