सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको प्रस्ताव : प्रदेश २ को नाम मिथिला-भोजपुरा राखौँ

२०७६ भदौ ५, ०५:०७

नेपाली कांग्रेसले प्रदेश २ को नाम मिथिला-भोजपुरा राख्ने प्रस्ताव प्रदेशसभामा राखेको छ। प्रदेशको स्थायी राजधानी जनकपुर उप महानगरपालिकाभित्र राख्नुपर्नुपर्ने उसको प्रस्ताव छ।

प्रदेशको नाम मिथिला-भोजपुरा राख्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद नरेश कुमार यादवले छन् भने शोभा लामा र उपेन्द्र कुसवाहा समर्थक छन। प्रदेशको राजधानीबारे कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रस्ताव दर्ता गराएका छन, जसको समर्थकमा नरेश कुमार यादव, उपेन्द्र प्रसाद कुसवाहा र सरस्वती चौधरी छन्। प्रदेश २ सभामा कांग्रेसका १९ जना सांसद छन्।

यसअघि नेकपाले प्रदेशको नाम जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पुरै धनुषालाई बनाउने प्रस्ताव दर्ता गराइसकेको छ।

कमेन्ट लोड गर्नुस