सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ एशिया कपका लागि नेपाली टोली चयन

२०७६ भदौ ५, ११:३७ खबर संवाददाता

श्रीलंकामा भाद्र १९ देखि २८ गतेसम्म एसियन क्रिकेट काउन्सिलको आययोजनामा हुने यू–१९ एशिया कपका लागि नेपाली टोलीको चयन भएको छ। श्रीलंकामा खेल्नका लागि रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली चयन भएको नेपाली राष्ट्रिय टोलीका टिम एनलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन्। टिममा रोहितसँगै रित गौतम, पवन सर्राफ, महम्मद आसिफ शेख, सनदीप जोरा, भीम कार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहरा, सूर्य तामाङ, लोकेशबहादुर बम र प्रतिस जीसी रहेका छन्।

२० गतेदेखि सुरु हुने प्रतियोगितामा भाग लिनका लागि नेपाली टोली भाद्र ७ गते श्रीलंका प्रस्थान गर्ने छन्। उनीहरुले त्यहाँ केही प्राक्टिस म्याच पनि खेल्ने छन्। प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, कुवेत, श्रीलंका, बंगलादेश, यूएईले प्रतिस्पर्धा गर्ने छन्। नेपाल समूह बी रहेका छ जसमा श्रीलंका, बंगलादेश र यूएई रहेका छन्।
 

कमेन्ट लोड गर्नुस