सुदूर नेपाललाई विश्वसँग जोड्दै

एभीसी सेन्ट्रल जोन पुरुष भलिबलमा आज सेमिफाइनलका खेल

२०७६ भदौ ५, ०७:१८ खबर संवाददाता

काठमाण्डौमा जारी एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणका खेल सकिएको छ। बिहीबार दुईवटा सेमिफाइनल खेल हुनेछन्। पहिलो खेलमा किर्गिजस्तान र तुर्कमेनिस्तान खेल्नेछन् भने दोस्रो सेमिफाइनलमा उज्बेकिस्तान र माल्दिभ्स खेल्नेछन्। सेमिफाइनल खेल दिउँसो साढे दुई र साढे चार बजे हुनेछ। किर्गिजस्तानले नेपाल र माल्दिभ्सलाई हराउँदै समूह एको विजेता बनेको थियो। तुर्कमेनिस्तान भने समूह बीको उपविजेता हो। उसले उज्बेकिस्तानसँग पराजय भोगेको थियो भने बंगलादेश र अफगानिस्तानविरुद्ध जित निकालेको थियो।
 

कमेन्ट लोड गर्नुस