सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसपार्कको होटलमा महिला र पुरुष मृत फेला

२०७६ भदौ ४, ०७:२१ खबर संवाददाता

काठमाडौंको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत फेला परेका छन्। बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन्।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको बताए। प्रहरीका अनुसार उनीहरु राति ११ बजे होटलमा बसेका थिए। विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन। दिउँसो १ बजेसम्म पनि ननिस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन्। घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ।

परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ। पुरुष र महिला दुवै विवाहित हुन्। महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन्।
 

कमेन्ट लोड गर्नुस