सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेन्ट्रल जोन भलिबल : अफगानिस्तानलाई हराउँदै उज्बेकिस्तान सेमिफाइनलमा

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०५:२१ खबर संवाददाता

नेपालमा जारी एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानलाई हराउँदै उज्बेकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ। लगनखेलमा रहेको आर्मीको कोर्टमा भएको खेलमा उज्बेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा हरायो। उज्बेक टिमले बुधबार अफगान टिमलाई २५–२३, २९–२७, २९–२७ ले हरायो।

उपाधिको बलियो दाबेदार टिम उज्बेकिस्तानले अफगानिस्तानविरुद्ध पहिलो सेटमा दबाब दिँदै २५–२३ ले जित्न सफल भयो। तर दोस्रो सेटमा भने अफगानी टिमले उज्बेक टिमलाई कडा प्रतिस्पर्धा दिन सफल भयो। सेटको अन्तिममा निकै कडा प्रतिस्पर्धा भएको थियो। जसका कारण सेट आफ्नो पक्षमा पार्न उज्बेक टिमले २९–२७ सम्म कुर्नुपर्यो।

तेस्रो सेटमा भने अफगानी टिमले सुरुवातदेखि नै कडा प्रतिस्पर्धा दिएको थियो। उसले एक समय उज्बेक टिमसँगको अग्रता पाँच अंकमा र्पुयाएको थियो। १३–८ को अवस्थामा रहेको थियो, तर त्यसपछि उसले लगातार अंक गुमाउदा सेट १६–१६ मा पुगेका थियो। तर अन्तिमसम्म कडा टक्कर दिएको अफगानिस्तानविरुद्ध उज्बेकिस्तानले २९–२७ ले जित्दै अन्तिम चारमा स्थान बनायो। आफ्नो अपराजित यात्रा कायम राख्दै उसले तीन खेलमा ६ अंक बनाएको छ।
 

कमेन्ट लोड गर्नुस