सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ भदौ ४, ०३:१० खबर संवाददाता

पाल्पामा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ। मगंलबार जिल्लाको तानसेन नगरपालिका – १२ बौघापोखराथोकका २१ वर्षीय हेमु रानाको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले बताए। 

उनका अनुसार घरनजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका राना अरिङ्गालले टोकेर घाइते भएका थिए। उनको मंगलबार दिउँसो १ बजेको समयमा तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस