सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेकी पत्नी निकिता ३ जना विरुद्ध जाहेरी दिँदै

२०७६ भदौ ४, ०१:५९ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले भिडियो कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगेकी छन्। प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै जाहेरी दिन टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पुगेकी हुन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता हुने निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले बताए। पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। 

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।  

कमेन्ट लोड गर्नुस