सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडियो नेपाल दीपायलले कर्मचारी बर्खास्त गरेपछि चौतर्फी बिरोध

२०७६ भदौ ४, ०६:४४

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि चौतर्फी बिरोध भएको छ। प्रदेश प्रशारण केन्द्र दीपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि पेशागत तथा छाता संगठनहरुले बिरोध जनाएको हुन्।

रावल १० बर्ष देखि रेडियो नेपालमा कार्यरत थिइन् भने बम र कुँवर तीन बर्षदेखि कार्यरत थिए। तीनै जनालाई सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। त्यसको बिरोधमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम, महासंघ डोटी, नेपाल प्रेस युनियन केन्द्रिय समिति, डोटी जिल्ला शाखाले प्रस विज्ञप्ती जारि गर्दै बिरोध जनाएका हुन्। 

नेपाल पत्रकार महासंघ डोटी शाखाले मंगलबार रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दीपायल मार्फत रेडियो नेपाल काठमाडौंका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र समेत पठाएको छ।

महासंघका अध्यक्ष योगेन्द्र बलायरद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सरकारी सञ्चारमाध्यमले श्रमजीवि पत्रकारहरुलाई जागिरबाट निकालेकोे प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ भने उक्त निर्णय तुरुन्त सच्याएर तीनैज नाको पुनर्वाहली गर्दै काममा फर्काउन माग गरिएको छ।

 ज्ञापन पत्र बुझ्दै रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रका प्रमुख वौएलाल चौधरीले आफुले कार्यालयबाट सबैजनाको नविकरणका सिफारिस पठाएको बताए। केन्द्र बाटै त्यस्तो निर्णय भएको उनको भनाई थियो।

त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कारण नै नखुलाई एकै पटक तीन जना पत्रकारलाई बर्खास्त गरेको प्रती गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। प्रदेश समितिका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा तत्काल तीनै जनाको पुर्नवहाली गरी काममा फर्काउन माग गरिएको छ। 

प्रेस युनियनका केन्द्रिय महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तीमा नियमित काम गरिरहेका सञ्चारकर्मीहरुलाई कामबाट वञ्चित गर्ने गरि अन्य तीन जनालाई त्यो ठाउँमा नियूक्त गरिएको घटना पुर्वाग्रही र प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको उल्लेख छ। ज्ञापनपत्र मार्फत श्रमजिवी पत्रकारहरुको पेटमा लात हान्ने कार्य तत्काल फिर्ता नलिए रेडियो प्रसार सेवा विकास समितिका विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिईएको छ।

प्रेस युनियन डोटी शाखाले पनि विज्ञप्ती जारी गर्दै तीन जनाको पुर्नवाहाली नगरिए आन्दोलनमा जाने चेतावनी दिएको छ। युनियनका सचिव पवन महराद्वारा हस्ताक्षरित विज्ञप्तीमा विधिसम्मत् ईमान्दार र कर्तव्यनिष्ठ भएर काम गरिरहेकै अवस्थामा पत्रकारलाई अपमानित हुनेगरी कार्यालयमा हाजिर हुन नदिएको घटना नेपाली पत्रकारिताको ईतिहासका लागि अत्यन्त दुखद र आपत्तीजनक रहेको उल्लेख छ।

वर्खास्तमा परेका पत्रकार तिनै जनाले आफुहरु युनियमा आबद्ध भएकै कारण अन्यायमा परेको बताएका छन्।। वर्खास्त रेडियोकर्मी बम प्रेस युनियन डोटीका अध्यक्ष, कुवँर उपाध्यक्ष र रावल केन्द्रिय पार्सद हुन्। उनीहरुलाई बर्खास्त गरि रेडियो नेपाल दीपायलमा लोकेश अधिकारी, नवराज जोशी र दिर्घ खत्रीलाई नियुक्त गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस