सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई गाली गरेको आरोपमा एक जना पक्राउ

२०७६ भदौ ३, ०४:३९ खबर संवाददाता

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गाली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बारा सिमराका २८ वर्षीय सागर मैनालीलाई पक्राउ गरिएको  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए।

उनका अनुसार मैनाली केही समयअघि मात्र वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए। उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले  बाराबाट पक्राउ गरेर काठमाडौं लगेको जनाएको छ। उनी विरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मैनालीले फेसबुकमा भिडियो अपलोड गरेर मुलुकका विशिष्ट व्यक्तिलाई ‘काट्ने, मार्ने’ धम्की दिएका थिए। पक्राउ परेपछि प्रहरी अधिकृतसँग उनले आफूलाई त्यसको नतिजाबारे थाहा नभएकाले गल्ती गरेको बताएका छन्।

कमेन्ट लोड गर्नुस