सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछाने सहित तीनै जना अदालतमा उपस्थित

। फोटो स्रोत ।
२०७६ भदौ ३, ०२:५९ खबर संवाददाता

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीनै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ। मंगलबार बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको हो। 

प्रहरीले थप अनुसन्धानका लागि म्याद थप माग गर्ने चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए। एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए।

लामिछाने सहितका तीन जनालाई तीन नम्बर इजलासमा उपस्थित गराइएको छ। जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस हुँदैछ। पाँच दिनको अनुसन्धान र वयानपछि छैठौं दिनमा अदालतमा उपस्थित गराइएको चितवनका प्रहरी प्रमुख एसपी मल्लले जानकारी दिए। सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रूद्रमणि गिरीले अनुसन्धानको फाइल अनुसारमा अदालतको प्रकृया अघि बढ्ने बताएका छन्।
 

कमेन्ट लोड गर्नुस