सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी फुटसल लिग हुने

२०७६ भदौ ३, ०२:५१ खबर संवाददाता

धनगढीमा सुदूरपश्चिम प्रदेशमै सर्वाधिक धनराशीको फुटसल प्रतियोगिता हुने भएको छ। फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनको आयोजना र नेपाल खेलकुदपत्रकार मञ्च कैलालीको सह–आयोजनामा धनगढी फुटसल लिग हुने भएको हो। धनगढी स्थित वैंक तथावित्तिय संस्थाहरुको टीमले सहभागीता जनाउने धनगढी फुटसल लिग भदौ ६ गतेदेखि सुरु हुने छ।

आज धनगढीमा पत्रकार सम्मेलन गर्दै झण्डै ८० हजार नगद धनराशी रहेको प्रतियोगिताको बारेमा जानकारी दिईएको छ। गौराको अवसरमा हुने धनगढी फुटसल लिगको अवधारणा अनुसार पहिलो श्रृंखला अन्तर्गत वैक तथा वित्तिय संस्थाहरुको टीम बीच लिग हुन लागेको आयोजक फ्ल्याटल्याण्ड फुटसल रिक्रिएसनका अध्यक्ष आशिष शाहले जानकारी दिए।

पछिल्लो एक बर्षदेखि फुटसल खेलको विकास विस्तार र प्रवद्र्धनका लागि विभिन्न गतिविधिहरु पनि गर्दै आएको अध्यक्ष शाहले बताए। सार्वजनिक विदाका दिनहरुमा खेलाईने यो लिगको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ।

उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछ। त्यसैगरी विभिन्न विधाका उत्कृष्टहरुले पनि नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाण पत्रपाउने छन्। प्रतियोगितालाई नेपालआईसले मुख्य प्रायोजना गरेको छ। पत्रकार सम्मेलनमा वोल्दै वैंकर्स क्लब धनगढीका अध्यक्ष धर्म विष्टले यो प्रतियोगिताले वैंक तथा वित्तिय संस्थाहरुको वीच सम्बन्ध बन्नुका साथै मनोरञ्जन समेत प्राप्त हुने बताए। 
 

कमेन्ट लोड गर्नुस