सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समुहद्धारा एनसेल टावर आगजनी

२०७६ भदौ ३, ११:१७ खबर संवाददाता

दाङमा एनसेलको टावरमा आगजनी भएको छ। सोमबारराति एक अज्ञात समूहले जिल्लाको शान्तिनगर गाउँपालिका–५, रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार आगजनीबाट टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ। टावरमा नेत्रविक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। यद्यपि, उसले अहिलेसम्म यसको जिम्मेवारी लिएको छैन।

घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताए।
 

कमेन्ट लोड गर्नुस