सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बजार अनुगमन

२०७६ भदौ २, ०६:२२ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिले सोमबार धनगढीका बिभिन्न पसलहरुमा अनुगमन गरेको छ। अनुगमनका क्रममा धनगढीको लक्ष्मीनारायण चौक आसपासका किराना पसलहरुबाट म्याद गुज्रेका बस्तुहरु जफत गरेको धनगढी उप–महानगरपालिकाको नगर अनुगमन समितिको संयोजक योगेन्द्र चन्दले बताए। चिसो पेयपदार्थहरु, काजु, किसमिस, दालमट लगायतका बस्तुहरु म्याद नाघेको अवस्थामा जफत गरि नष्ट गरिएको संयोजक चन्दले बताए। पहिलो पटक सामान जफत गरिएको र फेरी पनि फेला पारे कानून अनुसार कारवाही गरिने उनले बताए। साउन ३२ गते बसेको समितिको बैठकले भदौ २ गतेबाट निरन्तर बजार अनुगमनलाई निरन्तरता दिने निर्णय पनि गरेको थियो।

कमेन्ट लोड गर्नुस