सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्बतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन

२०७६ भदौ २, ०६:०९ खबर संवाददाता

पर्बतीय खेलकुद महासंघको सुदूरपश्चिम नेटवर्क गठन गरिएको छ। महासंघले आज नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि सुदूरपश्चिम नेटवर्क गठन गरेको हो। नेटवर्कमा मोटर स्पोर्टकी श्रृष्टि रेग्मीलाई संयोजकको जिम्मेवारी दिईएको छ।

यस्तै दीर्घराज ठकुल्ला, दीपक बहादुर खड्का, भरतविक्रम शाह, लालवहादुर शाही, पदमविक्रम सिंह, रामंसिंह ठगुन्ना, लोकविक्रम सम्राट, अमरवहादुर पुन, अमर गाहा, गोमती अवस्थी सदस्य रहेका छन्। यस्तै प्रकाश चन्दलाई प्रमुख सल्लाहकार राखिएको छ।

उनीहरुलाई विभिन्न शाहसिक खेलको जिम्मेवारी दिएर सोही अनुसार खेलकुदका गतिविधि अगाडी बढाउन निर्देशन दिईएको पर्बतिय खेलकुद महासंघका महासचिव सञ्जीव पाण्डेयले बताए।

 

कमेन्ट लोड गर्नुस