सुदूर नेपाललाई विश्वसँग जोड्दै

’कश्मीरमा झण्डै ४ हजार मानिस गिरफ्तार’

। फोटो स्रोत ।
२०७६ भदौ २, ०५:४२ खबर संवाददाता

दुई हप्ताअघि अर्थात गएको ५ अगष्टमा केन्द्रको भारतीय जनता पार्टी सरकारले जम्मू कश्मीरको विशेष राज्यको दर्जा खारेज गरेको थियो। विशेष राज्यको दर्जा खारेजपछि अशान्ति फैलने डरले राज्यका हजारौँ मानिसहरुलाई हिरासतमा लिइएको छ। अन्तर्रा्ष्ट्रिय समाचार संस्था एएफपीलाई सरकारी सूत्रले जानकारी दिएको हो। एक न्यायाधीशले आफ्नो नाम गोप्य राख्ने शर्तमा भने, ‘यस दौरान कम्तीमा चार हजार मानिसहरुलाई गिरफ्तार गरिएको छ र गिरफ्तार गरिएकाहरुलाई जन सुरक्षा अधिनियम (पीपीए) अनुसार हिरासतमा राखिएको छ।’

पीपीए एउटा यस्तो विवादित कानुन हो, जसको अनुसार प्रशासनले जो कोहीलाई पनि २ वर्षसम्म कुनै आरोप वा सुनुवाइ बिना हिरासतमा राख्ने अधिकार छ। न्यायाधीशले भने,‘गिरफ्तार गरिएकामध्ये अधिकांशलाई कश्मीर बाहिरको जेलमा पठाइएको छ किनकि यहाँको जेलको ठाउँ नै छैन।’

राज्यका आफ्ना सहयोगीहरुको सम्पर्कमा यो संख्या प्राप्त गरेको उनले बताए। प्रशासनले सञ्चारमाध्यममा पूर्णरुपमा प्रतिबन्ध लगाएको भए पनि अधिकारीहरुले सरकारद्वारा प्रदान गरिएको स्याटेलाइट फोनको प्रयोग गर्दै आइरहेका छन्।
यद्दपि प्रशासनले हिरासतमा रहेका मानिसहरुको वास्तविक संख्या उपलब्ध गराउन आनाकानी गरिरहेको छ। प्रशासनले केवल १०० बढी राजनेता, कार्यकर्ता र बुद्धिजीविहरुलाई हिरासतमा राखिएको पुष्टि गरेको छ। ‘क्षेत्रमा शान्ति बनाइ राख्नका लागि केही मानिसहरुलाई हिरासतमा लिइएको छ, उनीहरु पछिल्लो तीन दशकदेखि सशस्त्र गर्दै आइरहेका छन्’, न्यायाधीशले भने। 

जम्मू कश्मीरका राज्यपालका प्रवक्ता रोहित कन्सलले यसअघि हिरासतमा लिइएका मानिसहरुको कुनै केन्द्रिकृत जानकारी उपलब्ध नभएको बताएका थिए। सञ्चारमाध्यम एएफपीले प्रहरी र सुरक्षा बलको सहयोगमा श्रीनगरमा कैंयौ अधिकारीहरुसँग क्रा गरेको छ, जसले ठूलो संख्यामा गिरफ्तारी गरिएको पुष्टि गरेका छन्। 

नाम गोप्य राख्ने शर्तमा एक प्रहरी अधिकारीले भने, ‘हिरासतमा लिइसकेपछि श्रीनगरका कैंयौ ठाउँहरुमा झण्डै ६ हजार मानिसहरुले स्वास्थ्य परीक्षण गराइयो। पहिले त उनीहरुलाई श्रीनगर केन्द्रीय कार्यालय लगियो र पछि सेनाको हेलिकप्टरमा बाहिर लगियो।’ ‘हजारौँ मानिसहरुलाई जेल पठाइएको छ तर उनीहरुको आँकडा सामेल गरिएको छैन। हिरासतमा लिइएकाहरुको पुलिस स्टेशनमा दर्ता गरिएको छैन’, अर्का प्रहरी अधिकारीले भने।

कमेन्ट लोड गर्नुस