सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानसरोवर यात्रामा लेक लागेर भारतीय महिला तीर्थयात्रुको मृत्यु

२०७६ भदौ २, ०४:२० खबर संवाददाता

मानसरोवर यात्राका क्रममा एक भारतीय महिला तीर्थयात्रुको लेक लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता गोकर्ण थापाले भारतको प्रान्त नखुलेको ५५ वर्षीय अर्चना जयप्रकाश मिश्रको मृत्यु भएको जानकारी दिए।

मानसरोवर जाने क्रममा चिनियाँ भूभागमा आइतबार उनको निधन भएको हो। उनको शव सोमबार रसुवागढी नाकाबाट नेपाल ल्याएर परीक्षणका लागि हेलिकप्टरद्वारा त्रिवि शिक्षण अस्पताल लगिने प्रहरीले जनाएको छ। यसअघि मानसरोवर जाने क्रममा गत साउन १ गते भारतीय नागरिक ५९ वर्षीय स्वराज्यलक्ष्मी भल्लुरु र साउन ३० गते ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बीलको मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस