सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसक्यो : देउवा

२०७६ भदौ २, ०३:५३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताएका छन्। साथै सरकारविरुद्ध आफ्नो पार्टी कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले बताए।

 केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा देउवाले मानवअधिकार आयोग, मिडिया काउन्सिल लगायतका विधेयकको विरोध गर्दै उनले भने, ‘अहिले सरकारले जनताका अधिकारहरु खोस्दैछ। मैले त पहिला नै भनेको थिए कि बोल्न पनि पाइँदैन भन।’

सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताए। उनले सरकारका प्रजातन्त्रविरोधी कदमहरुको विरोधमा संसदमा संघर्ष गरिरहेको तर, कुनै पनि बेला सडक आन्दोलनमा आउनुपर्ने अवस्था रहेको बताए।
 

कमेन्ट लोड गर्नुस