सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदीप गिरिको अभिव्यक्ति सरकारलाई स्वीकार्य छैन् : परराष्ट्रमन्त्री ज्ञावाली

२०७६ भदौ २, ०३:४७ खबर संवाददाता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ’ भन्ने नेपाली कांग्रेस सांसद प्रदीप गिरीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले गिरीको अभिव्यक्ति सरकारलाई स्वीकार्य नहुने बताउंदै उनले भने, ‘उहाँले यस्तो बोल्नुभयो होला भनेर पत्याउन सकिन्न। भन्नुभएको भए हामीलाई अस्वीकार्य हुन्छ।’

नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै उनले हल्ला टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरेका छन्। नेपाल भारत सम्बन्ध सुमधुर भएको र दुई देशबीच उच्च स्तरमा समझदारी बनेको भन्दै यस्ता टिप्पणी गर्दा सम्बन्धमा असर पर्छ भन्ने ख्याल गर्न समेत उनले नेताहरुलाई आग्रह गरे।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस सांसद गिरीले नेताहरुमा कुटनीतिक ज्ञान कम भएको भन्दै ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, यो तथ्य हो। त्यस्तो बेला तपाई चाहिँ के गर्नुहुन्छ?’ भन्दै प्रश्न समेतच गरे। 
 

कमेन्ट लोड गर्नुस