सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु, ३५ बढी घाइते

२०७६ भदौ २, ०३:०२ खबर संवाददाता

भारतमा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ भने ३५ जना भन्दा बढी घाइते भएका छन्।  महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति महाराष्ट्र राज्यको धुले जिल्लाको नीमगुल गाउँ नजिक दुर्घटना भएको हो। दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो।  यस्तै बस र ट्रक ठोक्किँदा बसका केही भाग पनि क्षतिग्रस्त भएका छन्।

बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ। बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन। घाइतेहरुलाई अस्पताल लगिएको छ। दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस