सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफ यू १५ च्याम्पियनसिप खेल्न नेपाली युवा टोली भारत प्रस्थान

। फोटो स्रोत ।
२०७६ भदौ २, ०१:३३ खबर संवाददाता

साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ। बुधबारदेखि भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा सुरु हुन लागेको प्रतियोगिता खेल्न नेपाली टोली काँकडभिट्टा हुँदै भारत प्रस्थान गरेको हो।

इटहरीमा बन्द प्रशिक्षणमा रहेको नेपाली टोली उतैबाट गएको हो। नेपालले पहिलो खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ। भारत साविक विजेता समेत हो। प्रतियोगितामा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र भुटान गरि पाँच राष्ट्रको सहभागिता छ।

सिंगल राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताका शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन्। सन् २०१३ बाट सुरु भएको यस प्रतियोगितामा नेपाल २ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन।
 

कमेन्ट लोड गर्नुस