सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन सुरु हुँदै

। फोटो स्रोत ।
२०७६ भदौ २, ११:२८ खबर संवाददाता

एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै छ। पाँच दिनसम्म चल्ने यो सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ।

सम्मेलन अवधिभर बिभिन्न कार्यपत्र पेस हुने छन्। नेपालले मात्रै तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ। सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्दक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने सम्मेलनलाई अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूले पनि सम्बोधन गर्ने छन्। उनी नेपाल आइसकेका छन्। एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षा नीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

यो सम्मेलनबाट प्राप्त सुझाव आगामी अक्टोबरमा हुने आईकाओको वार्षिक सम्मेलनमा प्रस्तुत गरिने छ। एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको सम्मेलन यसअघि नेपालमा सन् १९७८÷१९९८ मा पनि आयोजना भएको थियो।
 

कमेन्ट लोड गर्नुस