सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी चुनावपछि पदमा बस्न मन छैन : प्रधानमन्त्री ओली

२०७६ भदौ १, १२:०६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दैे आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताए। उनले भने, ‘पद नगएको मान्छे दुनियामा कोही देखेको छैन मैले। राजा महाराजा हर कोहीको पद गएको छ, त्यसैले आगामी चुनावपछि मलाई पनि बस्न मन छैन।’

यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न पनि आग्रह गरे।   

कमेन्ट लोड गर्नुस