सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ वर्षभित्र देशैभर राष्ट्रिय प्रसारण लाइनको बिजुली पुर्याउछौँ : कुलमान घिसिङ

। फोटो स्रोत ।
२०७६ भदौ १, ११:५९ खबर संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ वर्षभित्र देशैभर राष्ट्रिय प्रसारण लाइनको बिजुली र्पुयाउने दाबी गरेका छन्। प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा प्रतिवेदन सार्वजनिक गर्दै उनले प्राधिकरणका संरचनाको स्तरोन्नति गर्ने काम भइरहकाले लोडसेडिङमुक्त घोषणा गरिए पनि विविध प्राविधिक कारणले कहिलेकाँही बत्ती जाने गरेको बताए।

गएको आर्थिक वर्षमा मनाङ, सोलुखुम्बु, बझाङ र दार्चुला सदरमुकाममा राष्ट्रिय विद्युत प्रसारण लाइनबाट विद्युत आपूर्ति हुन थालेको र चालू आर्थिक वर्षमा रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली र्पुयाइने लक्ष्य रहेको उनको भनाई छ। अबको २ वर्ष्भित्र मुगु, डोल्पा र हुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली जोड्ने लक्ष रहेको उनले बताए।

केही वर्षअघिसम्म घाटामा गएको प्राधिकरणले गएका तीन आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ। अहिले विद्युत चुहावट १५ दशमलव ३२ प्रतिशतमा झारिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै ऊर्जा मन्त्री वर्षमान पुनले उत्पादन क्षमताको वृद्धिसँगै यसको व्यवस्थापनका लागि आउँदा दिनमा सटिक योजना, योजना कार्यान्वयन र विद्युतीय प्रणाली संचालनका मोडल निर्धारण गरेर अघि बढ्नुपर्नेमा उनको जोड छ।

यस्तै विद्युत उत्पादन र प्रसारण क्षमतामा आएको सुधारले उत्पादन, प्रसारण र अन्तरदेशीय प्रसारणको व्यवस्थापनको चुनौती थपिएको ऊर्जा जलस्रोत तथा सिंचाइँ मन्त्री वर्षमान पुनले बताए। विद्युत क्षेत्रको सुधारको लागि नयाँ विद्युत ऐन आउने पक्रियामा रहेको समेत जानकारी दिए। ऐनले विद्युत क्षेत्रको संस्थागत एवम् संरचनागत परिवर्तनको नयाँ बाटो खोल्ने उनको विश्वास छ।
 

कमेन्ट लोड गर्नुस