सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलले गरेको आग्रह अमेरिकी सांसदहरुबाट अस्वीकार

। फोटो स्रोत ।
२०७६ साउन ३२, ०५:५४ खबर संवाददाता

अमेरिकी सांसद रशीदा तलैबले इजरायलको आग्रहलाई अस्वीकार गरेका छन। सांसद तैलवले विपक्षीको हैसियतमा वेस्ट बैंक र पूर्वी यरूशलमको भ्रमण नगर्ने स्पष्ट पारेका हुन्। यसअघि इजरायलले अमेरिकाका दुई जना मुसलमान महिला सांसदहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

इजरायल सरकारका प्रमुख आलोचक मानिएका अमेरिकाका मुसलमान महिला सांसदहरु इल्हान उमर र रशीदा तलैबमाथि इजरायलले मुलुक प्रवेशमा प्रतिवन्ध लगाएको हो। सांसदद्वय आगामी साता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी यरूशलम जाने तयारी थियो।

सांसद इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको प्रतिक्रिया दिएका थिए। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरका माध्यमबाट ती महिला सांसदहरुको इजरायल प्रवेशमा प्रतिबन्ध लगाउने माग गर्दै उनीहरुलाई इजरायल प्रवेश गर्न दिनु ‘ठूलो कमजोरी’ हुने बताएका थिए।
 

कमेन्ट लोड गर्नुस