सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफगान सुरक्षाबलको कारवाहीमा ६० तालिवानी लडाकु मारिए

। फोटो स्रोत ।
२०७६ साउन ३२, ०५:०० खबर संवाददाता

अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन्। कारबाहीको क्रममा सुरक्षा बलले एक सय भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरीले जनाएको छ।

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए। सुरक्षा कारबाहीको क्रममा एक सय आठ वटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

कारबाहीका क्रममा सुरक्षाबलतर्फको क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ। तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले गोर प्रान्तमा सुरक्षाबलले झडप भएको पुष्टि गरेका छन्। तर, प्रान्तीय प्रहरी प्रमुखको दाबीलाई भने उनले अस्वीकार गरेका छन्।

कमेन्ट लोड गर्नुस