सुदूर नेपाललाई विश्वसँग जोड्दै

जावलाखेल युथ क्लबका नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

। फोटो स्रोत ।
२०७६ साउन ३२, ०४:१७ खबर संवाददाता

जावलाखेल युथ क्लब ललितपुरको नवनिर्वाचित पदाधिकारीले शनिबार सपथ ग्रहण गरेका छन्। गएको शनिबार भएको चुनावबाट चुनिएका पदाधिकारीको सपथ ग्रहण तथा पदस्थापना भएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा निर्वाचन समितिका संयोजक गोकुल खड्काले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ गराएका हुन्।

जावलाखेल खेल मैदानमा भएको सपथ ग्रहण तथा पदभार कार्यक्रममा मेयर महर्जनले नवनिर्वाचित पदाधिकारी तथा क्लबसँग महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए। उनले जतिधेरै जित र उपाधि ल्याउन सक्यो त्यसैअनुसार सहयोग दिने पनि प्रतिबद्धता जनाएका छन्।

चुनावबाट महेन्द्र क्षेत्री अध्यक्ष, किरोजसिंह बस्नेत, उज्जवल कर्माचार्य र समिर केसी उपाध्यक्ष, पवन गिरी महासचिव, कविर बस्नेत सचिव र महेश महत कोषाध्यक्षमा चुनिएका छन्। त्यस्तै रवि खड्का, प्रदिप तण्डुकार, नरेश थापा, राजु बोगटी, निरज खड्का, सुनिल केसी र विकाश कार्की सदस्यमा निर्वाचित भएका छन्। १४ सदस्य चुनावबाट चुनिएका र बाँकी ३ जना कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिका संयोजक खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस