सुदूर नेपाललाई विश्वसँग जोड्दै

इंग्लिस प्रिमियर लिग : शनिबार ७ खेल हुँदै

। फोटो स्रोत ।
२०७६ साउन ३२, १२:०८ खबर संवाददाता

इंग्लिस प्रिमियर लिगमा शनिबार राति ७ ओटा खेल हुँदैछन्। सात खेलमध्ये डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी र टोटनह्याम हट्स्परबीचको खेललाई बढी महत्वका साथ हेरिएको छ। यी दुई टोलीलाई यो सिजनको उपाधिको दाबेदार पनि मानिएको छ। यी दुईबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे हुनेछ।

उपाधिको दाबेदार अर्को टोली लिभरपुल भने साउथह्याम्टनको मैदानमा प्रतिस्पर्धा गर्दैछ। साउथह्याम्टन र लिभरपुलबीचको खेल राति पौने ८ बजे हुनेछ। पौने आठ बजे प्रिमियर लिगमा अरु चार खेल पनि हुँदैछन्। नर्विच सिटी र र न्यूक्यासल युनाइटेड, एभर्टन र वाट्फोर्ड, ब्राइटन एण्ड होभ अल्वियन र वेष्टह्याम युनाइटेड तथा एस्टन भिल्ला र बर्नमाउथबीचको खेल पनि पौने आठ बजे हुनेछ। 

त्यस्तै आर्सनल र बर्नले एफसी पनि शनिबार नै प्रतिस्पर्धा गर्दैछन्। यी दुई  टोलीको खेल आर्सनको मैदानमा साँझको सवा ५ बजे हुनेछ। 
 

कमेन्ट लोड गर्नुस