सुदूर नेपाललाई विश्वसँग जोड्दै

ला लिगाको पहिलो खेलमै बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित

२०७६ साउन ३२, ०७:१२ खबर संवाददाता

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९÷२० को सिजनमा खराब सुरुवात गरेको छ। शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो। लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए। ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए। ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो।  
 

कमेन्ट लोड गर्नुस