सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा बीच सडकमा पुरै परिवारको गोली हानी हत्या गरि एक व्यक्तिले गरे आत्महत्या

। फोटो स्रोत ।
२०७६ साउन ३२, ०७:०७ खबर संवाददाता

भारतको कर्नाटक राज्य चामराजनगर जिल्लामा रहेको गुन्डलुपेट नजिक एक जनाले आफ्ना पुरै पारिवारको हत्या गरेर आत्महत्या गरेका छन्। मैसुरुमा बस्ने ओम प्रकाशले घुम्नका लागि घरबाट टाढा निक्लिएका आफ्ना परिवारका चार जना सदस्यलाई गोली प्रहार गरिसकेपछि उनले आफैमाथि गोली चलाएका थिए। उनले पहिला आमा–बुबा, फेरि पत्नी र छोरालाई गोली हानिसकेपछि आफैँमाथि गोली हानेका हुन्। 

सबै जनाको मृत्यु घटनास्थलमा नै भएको प्रहरीले जनाएको छ। घटनाको सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र शवलाई पोस्टमर्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार यो घटना ऊटी सडकको हो। ओम प्रकाशले आफ्नो पुरै पारिवारको लागि झण्डै ६० किलोमिटर टाढा गुन्डलुपेटेको नन्दी लजमा एउटा कोठा बुक गरेका थिए। उनको परिवार बिहीबार त्यहाँ पुगेको थियो। 

ओम प्रकाशले आफ्ना  बुवा, आमा, पत्नी र छोरालाई बाहिर निकालेर झण्डै एक किलोमिटर पर एउटा निजी स्कुलको नजिक पुर्याएपछि अचानक रिभल्भर निकालेर गोलीबारी सुरु गरेको बताइएको छ। बीच सडकमा भएको यो घटनालाई लिएर सबै जना त्रसित भएका छन्। चामराजनगरका प्रहरीले भने आर्थिक समस्या ऋणका कारण ती पुरुषले यस्तो गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस