सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई

। फोटो स्रोत ।
२०७६ साउन ३१, ०४:५९ खबर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाएका छन्। लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले  स्कुल विभागको जिम्मेवारी पाएका हुन्। नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई स्कुल विभागको नेतृत्व दिने सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको हो। 

स्कुल विभागमा पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशको पनि दाबी थियो। दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो।

शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको छलफलमा विभागको जिम्मेवारी पोखरेललाई दिने सहमति भएपछि एकताका बाँकी काम अघि बढेको हो। स्कुल विभाग पोखरेल र प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिँदै विवाद मिलाइएको छ। यसबाहेक संगठन विभाग प्रमुखमा बामदेव गौतम, नीति तथा प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल तथा विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपालले पाएका छन्।  

कमेन्ट लोड गर्नुस