सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानमा शक्तिशाली आँधी : एक जनाको मृत्यु, ४९ जना घाइते

२०७६ साउन ३१, ०४:२९ खबर संवाददाता

जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।  आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ। क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको जनाइएको छ।

जापानका हिरोसीमा शहरका बासिन्दा नराम्ररी प्रभावित भएका छन्। आँधीका कराण त्यहाँका अधिकांश घर भत्केका छन्। बिजुली आपूर्ति बन्द हुनका साथै ठाउँ ठाउँमा रुखहरु ढलेका कारण यातायात सेवासमेत अवरुद्ध बनेको छ।

भारी बर्षापछि आएको आँधीका कारण केही स्थानमा पहिरो समेत गएको छ । भारी बर्षा र आँधी केही दिनसम्म रहने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले सुझाव दिएका छन्। यसअघि चीनमा आएको लेकिमा नामको आँधीले २८ जनाको ज्यान गएको थियो। 
 

कमेन्ट लोड गर्नुस