सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका सचेतक ढकालको घरमा बम विस्फोट

२०७६ साउन ३१, ०२:१७ खबर संवाददाता

प्रदेश ५ को नेकपा प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। रुपन्देही सैनामैना–७ रामापुरमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो। बिहीबार राति करिब २ बजेतिर बम प्रहार भएको थियो। 

इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक रवि मैनालीका अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुवा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ।

प्रहरीको टोली शुक्रबार बिहान मात्रै घटनास्थल पुगेकाले बम कसले प्रहार गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। सचेतक ढकाल विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा उपचाररत छन्। 
 

कमेन्ट लोड गर्नुस