सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेको रिहाईको माग गर्दै समर्थकद्धारा प्रदर्शन

२०७६ साउन ३१, ११:४२ खबर संवाददाता

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ गरिएका सञ्चारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी थालेका छन्। रविलाई षडयन्त्रपूर्वक फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले निर्सत रिहाइको माग गर्दै नाराबाजी गरिरहेका हुन्।

पुडासैनी आत्माहत्या प्रकरणमा न्युज २४ टेलिभिजनमा कार्यरत लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार चितवन लगिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछाने सहित तीनैजनालाई आज अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ। 

चितवनका एसपी दानबहादुर मल्लले कानुन बमोजिम अनुसन्धानका लागि रविसहितका व्यक्तिहरुलाई पक्राउ गरिएकोले अनावश्यक दबाब आवश्यक नरहेको बताए। उनले कानुन बमोजिम प्रहरीले आफ्नो काम गर्ने बताए।

कमेन्ट लोड गर्नुस