सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विद्युत प्राधिकरणले गर्यो देशभरका आफ्ना कार्यालय समायोजन

। फोटो स्रोत ।
२०७६ साउन ३०, ०३:४६ खबर संवाददाता

देश संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले देशभरका आफ्ना कार्यालय पनि समायोजन गरेको छ। प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रहरुलाई समायोजन गरेको हो। क्षेत्रीय कार्यालयहरुको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ।

७ वटै प्रदेशमा वितरण तथा ग्राहक सेवाका प्रादेशिक कार्यालय रहने छन्। यसअघि क्षेत्रीय कार्यालयको रुपमा रहेका हैटौडा र नेपालगंजलाई प्रदेश नम्बर तीन र पाँचको डिभिजन कार्यालयमा परिणत गरिएको प्राधिकरणले जनाएको छ।प्रदेश नम्बर १ को प्रदेशिक कार्यालय, विराटनगर अन्तर्गत २४ वितरण केन्द्रहरु रहेका छन्। यसअघि जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत रहेका उदयपुर,ओखलढुंगा र दिक्तेल वितरण केन्द्रलाई १ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ।

प्रदेश नम्बर २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गत २३ वितरण केन्द्रहरु रहेका छन्। यसअघि हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका वीरगञ्ज, सिमरा, कलैया, गौर, चन्द्रनिगाहापुर र पोखरिया वितरण केन्द्रलाई २ नम्बर प्रादेशिक कार्यालयमा समायोजन गरिएको छ। प्रदेश नम्बर ३ काठमाण्डौ प्रादेशिक कार्यालय र हेटौडा डिभिजन कार्यालय अन्तर्गत क्रमशस् २० र ६ वितरण केन्द्र राखिएको छ। यसअघि जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत रहेको सिन्धुली वितरण केन्द्रलाई हेटौडा डिभिजन कार्यालय अन्तर्गत रहने व्यवस्था गरिएको छ।

गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत १३ वटा वितरण केन्द्रहरु रहने छन्। यसअघि बुटवल क्षेत्रीय कार्यालय मातहतमा रहेको कावासोती वितरण केन्द्रलाई गण्डकी प्रादेशिक कार्यालयअन्तर्गत रहने व्यवस्था गरिएको छ। प्रदेश नम्बर ५को बुटवल प्रादेशिक र नेपालगञ्ज प्रदेश डिभिजन कार्यालयअन्तर्गत क्रमशः ११ र १० वितरण केन्द्रहरु रहने छन्। कर्णालीको सुर्खेत र सदूर पश्चिमको अत्तरिया प्रादेशिक कार्यालयअन्तर्गत क्रमशः १० र १२ वितरण केन्द्रहरु छन्।
 

कमेन्ट लोड गर्नुस