सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाण्डौमा रहेको भारतीय दूतावासले ७३ औँ स्वतन्त्रता दिवस मनायो

। फोटो स्रोत ।
२०७६ साउन ३०, ०३:४२ खबर संवाददाता

बिहीबार काठमाण्डौमा रहेको भारतीय दूतावासले विविध कार्यक्रम गरी ७३ औं स्वतन्त्रता दिवस मनाएको छ। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस  हस्तान्तरण गरे।

साथै राजदूत पुरीले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरे। भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ।

यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ।
 

कमेन्ट लोड गर्नुस