सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालका डाक्टरमाथि विकास समितिका पूर्व सदस्यद्वारा हातपात

२०७६ साउन ३०, ०३:४२ खबर संवाददाता

धनगढी स्थित सेती अस्पतालका डाक्टरमाथि अस्पताल विकास समितिका पूर्व सदस्यले हातपात गरेको आरोप लागेको छ। अस्पताल विकास समितिका पूर्व सदस्य रतन कठायतले अस्पतालका ईमर्जेन्सी वार्ड ईन्चार्ज डाक्टर जगदिश जोशीमाथि हातपात गरेको आरोप लागेको हो। मंगलवार राती अस्पतालमा पुगेका कठायत र डाक्टर जोशीविच सामान्य विवाद भएको थियो।

बुधवार कठायतले आफुमाथि हातपात गरेको डाक्टर जोशीले आरोप लगाए। ‘मंगलबार  मदिरा सेवन गरेर आएका कठायतले अस्पतालमा गालीगलौज गर्न थालेपछि त्यस्तो नगर्न मैले आग्रह गरेको थिए,’ डाक्टर जोशीले भने, ‘त्यस्को दोश्रो दिन सुरुमा फोन मार्फत धम्की दिदै कैलाली अस्पतालको अगाडी कठायतले ममाथि हातपात गरेका हुन्।’ उनले जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन दिईसकेको बताउँदै दोषीमाथि कारवाहीको माग गरे। 

यता कठायतले भने सामान्य विवाद मात्रै भएको र हातपात नगरेको दावी गरे। ‘मंगलवार राती आफन्त विरामी भएर अस्पतालमा गएको हुँ, आईसियुको ईन्चार्जको बारेमा सोधपुछ गर्दा डाक्टर जोशीले अभद्र व्यवहार गरेका थिए,’ कठायतले भने, ‘आकस्मिक वार्डमा काम गर्ने डाक्टरको व्यवहार रुखो भएकाले बुधवार भेटघाट गर्न जाँदा फेरी सामान्य विवाद मात्रै भएको हो।’

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने दुवै पक्षलाई बोलाईएको बताए। 
 

कमेन्ट लोड गर्नुस