वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

खवर संवाददाता
२०७६ साउन ३०, १०:३८
अ+

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ। निमोनियाका कारण गएको साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान लगिएको थियो। निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई  कमलपोखरीमा रहेको हिमाल अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनकोे जन्म १९७९ फागुन ६ गते काठमाण्डौको गैरीधारामा भएको थियो। 

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद :  केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन्। माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो। उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेको थियो। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनकोे विशिष्ट योगदान छ।

मदनमणि दीक्षितका प्रकाशित कृतिहरूः

१. माधवी (उपन्यास, वि.सं.२०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं.२०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले र्हायो ? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान १३. ऋग्वेद केही प्रमुख सूक्त (२०६५ वि. सं.)

उनले समीक्षा साप्ताहिकको सम्पादक भएर काम गरेको थियो भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित छन्।