सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा बम विस्फोट

२०७६ साउन २९, ०५:२९ खबर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विष्फोट गराइएको छ। कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि गएका मुख्यमन्त्रीलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको बताइएको छ।

मुख्यमन्त्री शाही बुधबार वीरेन्द्रनगरबाट कालिकोट गएका थिए। पचाल झरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो। गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो।

उता जिल्ला प्रहरी कार्यालय कालिकोटले भने बम विष्फोटबारे जानकारी नआएको बताएको छ। कालिकोट मुख्यमन्त्री शाहीको गृह जिल्ला हो। अहिले उनी एक साता लामो जिल्ला भ्रमणका लागि कालिकोट गएका छन्। विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव भएको क्षेत्र पनि कालिकोट नै हो। पूर्वमन्त्री तथा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्मा पनि कालिकोटकै हुन्।  
 

कमेन्ट लोड गर्नुस