सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले मलेसियाको लिग च्याम्पियन क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने

। फोटो स्रोत ।
२०७६ साउन २९, ०३:५३ खबर संवाददाता

फिफा विश्वकप २०२२ को छनोट चरणको तयारीमा रहेको नेपालले मलेसियाको लिग च्याम्पियन क्लब जोहर दारुल ताजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मलेसियन सुपर लिग च्याम्पियन टोलीसँग नेपालको राष्ट्रिय टिमले आउँदो अगष्ट २६ मा मलेसियाको जोहर सिटिमा रहेको पासिर गुदाङ स्टेडियममा खेल्ने छ। छनोट यात्रा सुरु भन्दा १० दिनअघि नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

सन् २०२३ मा चीनमा हुने एएफसी एशियन कपको समेत छनोट प्रतियोगिता रहे पनि नेपालको राष्ट्रिय टोलीले भने एक मात्र मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बर ५ तारिखमा कुवेतसँग उसैको मैदानमा खेल्दै छ। नेपाली टिमका मुख्य प्रशिक्षक योहान कलिनले मैत्रीपूर्ण खेल खेल्न पाउनु टिमका लागि राम्रो कुरा भएको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस