सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बिस्फोटपछि पक्राउ परेका विप्लव समूहका विद्यार्थी नेता जप्रेल रिहा

२०७६ साउन २८, ०६:४९ खबर संवाददाता

धनगढी बिस्फोटमा ज्यान गुमाएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रामवहादुर सिंहको शवयात्रामा सहभागी हुँदा पक्राउ परेका विद्यार्थी नेता प्रकास जप्रेल छुटेका छन्। विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नेकपा कञ्चनपुरका कार्यालय सचिव जप्रेल आज छुटेका हुन्।

मंगलबार कञ्चनपुर जिल्ला आदालतले जप्रेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। थुनछेक बहसपछि जप्रेललाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो। सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीले उनलाई दुई हजार धरौटीमा रिहा गरेकोमा रिहा लगत्तै प्रहरीले कैलालीबाट पक्राउ गरि कञ्चनपुर ल्याएको थियो।

कञ्चनपुरमा एनसेल, क्रसर उद्योगमा आगजनी भएपछि प्रहरीले विप्लव नेता कार्यकर्ता बिरुद्ध उवद्रोव मुद्दा दायर गरेको थियो।
 

कमेन्ट लोड गर्नुस