सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश लोकसेवा आयोगका अध्यक्ष भट्टराईले लिए सपथ

। फोटो स्रोत ।
२०७६ साउन २८, ०४:४१ खबर संवाददाता

प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्रा. डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार आयोजित एक समारोहमा भट्टराईलाई उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले सपथ गराएका हुन।

समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल लगायतको उपस्थिति रहेको थियो। मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

यस्तै प्रदेश ५ मा प्रदेश कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। प्रदेश ५ सरकारका १ सय ४७ कार्यालयका लागि करिब ४ हजार कर्मचारी आवश्यक छ।

कमेन्ट लोड गर्नुस