सुदूर नेपाललाई विश्वसँग जोड्दै

माछा मार्न थापेको जालमा परेर दुई जनाको मृत्यु

२०७६ साउन २८, ०३:४० खबर संवाददाता

स्याङ्जामा माछा मार्न थापेको जालमा परेर दुई जनाको मृत्यु भएको छ। मगंलबार जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृतयु भएको प्रहरीले जनाएको छ।

निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले बताए। मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस