सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डका छोराको नाममा अरबौँ रुपैयाँ रहेको खबर पुष्टि गर्न चुनौती

। फोटो स्रोत ।
२०७६ साउन २८, ०१:५२

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निजी सचिवालयले उनका छोरा प्रकाशका नाममा अरबौँ रुपैँया रहेको भन्ने खबर पुष्टि गर्न चुनौती दिएको छ। 

उनको निजी सचिवालयले मंगलबार विज्ञप्ति निकालेर छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न उनी केही दिनअघि दुबई गएको भन्ने कुराको भत्सर्ना गर्दै खबर पुष्टि गर्न चुनौती दिएको हो। 

‘प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न पनि चुनौती दिइएको छ विज्ञप्तिमा भनिएको छ।’ 

जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुष्प्रयास भैरहेको र अध्यक्ष प्रचण्डको बदनाम गर्न प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने हल्ला फैलाइएको विज्ञप्तिमा भनिएको छ। 

यस्तै छोरा प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको झुटा प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग माग पनि गरिएको छ। 

कमेन्ट लोड गर्नुस