सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ फेरि तोलाको ७१ हजार रुपैयाँ पुग्यो

२०७६ साउन २८, ०१:२४ खबर संवाददाता

सुनको भाउ मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ। मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।

गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो। सुनको  भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन्। पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ। अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताए। 

कमेन्ट लोड गर्नुस