सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँफे–मार्तडी सडक अबरुद्ध

२०७६ साउन २७, ०४:१६ खबर संवाददाता

बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि आईतवारबाट सडक अवरुद्ध भएको छ। सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएसंगै सवारी साधन चन्द सकेका छैनन् भने पैदल आवतजावत गर्न पनि समस्या भईरहेको छ।

बस व्यवसायी पृथ्वी रावलले पहिराले बार्जुगाड, गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडा, पानीनाउला लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो गएपछि सडक भासिएको बताए। प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले बन्द सडकलाई खुलाउन सडक डिभिजन कार्यलय साफेबाट ईन्जिनियरको टोली पुगेको बताए।

त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले अम्कोटको भागमा कटान गरेपछि सडक भासिएको हो। सडक भासिदा बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवारले घर छोड्नु परेको स्थानीय दीपक खत्रीले बताए। 

 

कमेन्ट लोड गर्नुस