सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङ विमानस्थलमा हजारौँ प्रदर्शनकारी, सोमबारका लागि सबै उडान स्थगित

२०७६ साउन २७, ०२:४७ खबर संवाददाता

केही सातादेखिको आन्दोलन हिंसात्मक बन्दै गएपछि सोमबार हङकङ विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएका छन्। प्रजातन्त्र पक्षधरहरुले विमानस्थलको मुख्य टर्मिनलमै आन्दोलन गर्न थालेपछि सबै उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलको आगमन कक्षमा हजारौँको संख्यामा प्रदर्शनकारी भेला भएपछि हङकङ विमानस्थलमा आउने र जाने सबै उडान स्थगित गरिएको हो। हङकङ विमानस्थल संसारकै व्यस्त विमानस्थलहरुमध्यको एक हो। गएको जुनदेखि हङकङमा नयाँ सुपुर्दगी विधेयकलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ। सरकारले विधेयक फिर्ता गरे पनि आन्दोलन भने थामिएको छैन।

चीन सरकारले भने हङकङमा पछिल्ला दिनमा आन्दोलन हिंसात्मक भएको बताएको छ। चीन सरकारले हङकङको ‘हिंसात्मक आन्दोलन’लाई आतंककारी गतिविधिको संज्ञा दिएको छ।

कमेन्ट लोड गर्नुस