सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज अन्तराष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै

। फोटो स्रोत ।
२०७६ साउन २७, ०१:५२ खबर संवाददाता

आज अन्तराष्ट्रिय युवा दिवस नेपालमा पनि मनाईँदै छ। शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका साथ सोमबार अन्तराष्ट्रिय युवा दिवस नेपालमा पनि मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखमा यो दिवस विश्वभर मनाउन थालिएको हो। नेपालमा भने सन् २००४ देखि मात्रै अन्तर्रा्ष्ट्रिय युवा दिवस मनाउँदै आइएको छ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन्। अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ। युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ।

युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ। दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन्। युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकतामार्फत समाज र देशका लागि योगदान दिन सक्ने सयम हो। तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटकपटक उठ्ने गरेको छ। 
 

कमेन्ट लोड गर्नुस