सुदूर नेपाललाई विश्वसँग जोड्दै

वडा कार्यालयमा बम बिस्फोट

। फोटो स्रोत ।
२०७६ साउन २७, १२:०० खबर संवाददाता

झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको छ। बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ। बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले झापामा सुरक्षा ब्यवस्था कडा पारिएको छ। 

कमेन्ट लोड गर्नुस